तनहुँ– तनहुँको आबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आइतबार यात्रुबाहक बस दुर्घटना भएको छ । सो दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएअनुसार लमजुङको बेसीसहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना४ख ७८४१ नम्बरको मिनी बस सडकभन्दा करिब १५ मिटर तल खसेको छ ।
४० भन्दा बढी यात्रु सवार गाडी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
दुर्घटनामा घाइते भएकाहरूको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । घाइतेको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।