डिप्रेसनबारे के भन्छन् दीपिका र आलिया ?

एजेन्सी– डिप्रेसनबारे बलिउडका कलाकार खुलेर कुरा गर्न थालेका छन् । यसमा दीपिका पादुकोण र आलिया भट्ट पनि सामेल भएका छिन् । 

केही समयअघि सामाजिक सञ्जालमा एउटा भिडियो प्रसारण भएको थियो । जुन भिडियोमा दीपिकाले आँखाबाट आँसु झार्दै भन्छिन्, ‘म निदाउन चाहन्थेँ । बस्, मलाई सुतिरहूँ जस्तो लागेको थियो, उठ्न मन थिएन । तर, मलाई काममा जानु पथ्र्यो । हरेक दिन मेरा लागि चुनौतीपूर्ण थिए । म सधैं त्यस्तो ठाउँको खोजीमा हुन्थेँ, जहाँ म निर्धक्क रुन सक्थेँ । आज पनि मलाई अलार्मदेखि डर लाग्छ ।  

एकपछि अर्को हिट फिल्म दिँदै आएकी अभिनेत्री दीपिका पादुकोणले केही वर्षअघि मिडियामा आफ्नो डिप्रेसनको समस्याबारे बताएर सबैलाई आश्चर्यचकित पारेकी थिइन् । 

दीपिकाले ‘लिभ लभ लाइफ फाउन्डेसन’ नामक संस्था खोलेकी छिन् । अहिले उनी यस संस्थाका लागि धेरै डाक्टर र मनोवैज्ञानिकसँग मिलेर काम गर्दै छिन् । 

दीपिका मान्छिन् कि मेन्टल हेल्थबारे भारतमा जनचेतनाको कमी छ । यसै संस्थाको माध्यमबाट उनी हरेक मान्छेलाई सहयोग गर्न चाहन्छिन् जो डिप्रेसनसँग लडिरहेका छन् । 

दीपिका भन्छिन्, ‘ती दिनहरूमा आफ्नो समस्या कसैलाई थाहा नहोस् भन्ने चाहन्थेँ । म चाहन्थेँ कि सबैले मलाई राम्रो अवस्थामा छ भनेर सोचून् । त्यसकारण, सबैसामु आफू ठीक भएको जस्तो गर्न पनि म मुस्कुराउने प्रयास गर्थें । तर, भित्रैदेखि भने कोही त्यस्तो मान्छे भेटियोस्, जोसँग म यी सबै कुरा खुलेर भन्न सकूँ भन्ने कामना गरिरहेकी हुन्थेँ । जब मैले डिप्रेसनको बारेमा केही थाहा पाएँ, तब मलाई रात काट्न केही हदसम्म सजिलो भयो । अझ पनि धेरै मान्छेलाई डिप्रेसनको बारेमा थाहा छैन ।’



वल्र्ड मेन्टल डेको अवसरमा दीपिकाले भिडियोको माध्यमबाट सबैलाई डिप्रेसनलाई गम्भीरतापूर्वक लिन सल्लाह दिइन् । उनी सन् २०१४ मा डिप्रेसनको सिकार भएकी थिइन् र उनलाई लाग्थ्यो कि उनी कुनै पनि वेला ब्रेकडाउन हुन्छिन् ।
 
त्यस्तैगरी, बलिउडकी अर्की अभिनेत्री आलिया भट्टले आफ्नी बहिनीसँग उनको डिप्रेसन बुझ्न नसकेकोमा माफी मागेकी छिन् । आलिया भिडियोमा भन्छिन्, ‘बहिनीसँग २५ वर्ष सँगै बिताउँदा पनि मैले उसको समस्या बुझ्न सकिनँ । यो कुराले मलाई निकै दुःखी बनाएको छ ।’

यो भिडियो सँगसँगै एउटा अर्को भिडियो पनि चर्चामा छ । त्यो हो, करण जोहरको टिभी सो । आलिया र दीपिका चाँडै नै करण जोहरको च्याट सोमा एकैसाथ देखिँदै छन् ।  



आलियाकी बहिनी साहिन भट्टले हालै एउटा किताब लिएर आइन्, ‘आई कुड नट बी अन ह्यापियर’ । उक्त पुस्तकमा उनले स्वीकार गरेकी छिन् कि एक समय त्यस्तो पनि थियो, जतिवेला उनलाई आत्महत्या गर्ने सोच आउँथ्यो । 

अलिया भन्छिन्, ‘मलाई थाहा छ, कि तिमी माफी चाहँदिनौ । तर, तिमी त्यति ठूलो समस्यामा हँुदा पनि हामीले बुझ्न सकेनौँ । तिमी कस्तो अवस्थाबाट गुज्रिनुपर्यो हामीले कहिल्यै सोच्नै सकेनाैँ ।’

  • प्रकाशित मिति : कात्तिक ४, २०७५ आइतबार १६:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया