मोरङमा बस पल्टिँदा ३६ यात्रु घाइते

मोरङ– मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । 

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को१ख ४५१७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका सबैको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । बस र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७५ आइतबार १७:२१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया