नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

काठमाडौँ– दशैँअघि पटक–पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार बसेको छ । बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । 

गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक–पटक सरेकामा आइतबार र सोमबारका लागि तय गरिएको छ । सो बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइए पनि तीन महिना पूरा भएको दुई महिना बितिसकेको छ ।  

प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रूपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरूको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसद्मा ल्याउनेसम्बन्धी प्रस्तावलगायत विषयमा नेकपाभित्र विवाद छ । बैठकले ती विवादका विषयमा निक्र्योल गर्ने बुझिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७५ आइतबार १७:४७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया