चीनले गर्यो हावा र पानी दुवैमा चल्न सक्ने विश्वकै ठूलो प्लेनको परीक्षण

चीनले विश्वकै सबैभन्दा ठूलो प्लेन (एम्फीबियस एयरक्राफ्ट) एजी ६०० को फ्लाइट ट्रायल पुरा गरेको छ । एयरक्राफ्टले उडान गरेको १५ मिनेट पछि पानीमाथि ल्यान्डिङ्ग गरेको थियो । ट्रायलको क्रममा प्लेनमा ४ जना क्रु मेम्बर रहेका थिए । 

उक्त प्लेन हावा र पानी दुवैमा चल्न सक्ने क्षमताको रहेको छ । पछिल्लो महिनामा यसले पानीमा अधिकतम १४५ किलोमिटर प्रति घण्टाको गतिमा ट्रायल पुरा गरेको थियो । यो भन्दा अगाडी ८० र १२० किलोमिटरको वेगमा ८ ट्रायल पुरा गरिसकेको थियो । गएको डिसेम्बरमा यो ट्रायल गरिएको थियो । 

एजी ६०० को लम्बाई ३७ मिटर र पंखाको फैलावट ३८.८ मिटर रहेको छ । यसले २० सेकेन्डमा १२ टन पानी जम्मा गर्न सक्छ । ५३.५ टन सम्मको तौल लैजान सक्ने क्षमता यो प्लेनमा रहेको छ । 

एजी ६०० मा चार टर्बोप्रप इन्जिन जडान गरिएको छ । १२ घण्टा सञ्चालन हुन सक्ने क्षमता यस प्लेनको रहेको छ । यो प्लेन चीनको सरकारी कम्पनी एभियसन इन्डस्ट्री कर्पोरेशन अफ चाइनाले निर्माण गरेको हो । 

यो प्लेन विशेष गरी समुन्द्रको बचावट, जंगलको आगलागी नियन्त्रण गर्ने र समुन्द्र तटको निगरानी गर्नका लागि प्रयोग गर्न सकिने निर्माण कम्पनीले बताएको छ ।  
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १२:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया