विराटनगर– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुईतिहार्इ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाब दिए ।
यसैबीच उनले कांग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताएका छन् । उनले भने, ‘नेपाली कांग्रेस पार्टीमा कुनै पनि गुट–उपगुट छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।