जहाँ महिनावारी हुँदा पनि पूजा गर्न पाइन्छ

भारतको तामिलनाणु स्थित एक मन्दिरमा महिलालाई महिनावारी भएको समयमा पनि प्रवेश गर्न दिईने चलन रहेको छ । दक्षिण भारतमा रहेको यस मन्दिर अन्य मन्दिरभन्दा फरक रहेको छ ।

मठमन्दिरमा महिला महिनावारी भएको समयमा प्रवेश गर्न नहुने चलन रहेपनि यहाँ त्यो चलनलाई मानिदैंन । यस मन्दिरमा महिनावारीलाई सामान्य शारीरिक बदलावको रुपमा हेर्ने गरिएको छ ।

आदि पराशक्ति नामले परिचित यस मन्दिरमा कुनै पनि पुजारी छैनन् । मन्दिरको मुख्य ठाउँमा भक्तहरु आफैं गएर पुजा गर्ने चलन रहेको छ । सामान्य रुपमा यस मन्दिरमा कुनै पनि बन्देज नरहेको पाईन्छ । महिला पुरुष, जातजाति धर्म जस्ता कुनै पनि कुराको आधारमा यस मन्दिरमा विभेद छैन् । मन्दिर रहेको क्षेत्र वरपर महिनावारीलाई राम्रो संकेतको रुपमा मानिन्छ । उनीहरु महिनावारीलाई नयाँ पुस्तालाई अगाडि बढाउने प्रक्रियाको प्रतिकको रुपमा लिने गरेका छन् ।

मन्दिरको मुख्य मुर्ति रहेको ठाँउमा पनि महिनावारी भएकी महिलालाई जान छुट रहेको छ । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १३:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया