रणविर र दिपिकाको विवाह नाेभेम्बरमा

भारतीय अभिनेता रणविर सिंह र अभिनेत्री दिपिका पादुकोणकाे विवाहकाे मिति तय भएकाे छ । आईतबार दुवै जनाले आफ्नो सामाजिक संञ्जाल मार्फत आगामि महिनामा विवाह हुन लागेको जानकारी दिएका हुन् ।

उनीहरुले सामाजिक संञ्जालमा नाेभेम्बर ‘१४ र १५ मा विवाह हुने जानकारी गराएका हुन् । यत्तिका वर्षसम्म तपाईंले हामीलाई दिएको प्रेम र स्नेहप्रति हामी धेरै कृतज्ञ छौं । अब आउने दिनमा पनि हाम्रो यो प्रिय यात्रामा तपाईहरुको आर्शिवाद पाउँने आशा गरेका छौं ।’ लेखेर विवाहको कार्ड पोस्ट गरेका थिए । 

दिपिका र रणविरको विवाहको दिन भनिएको भए पनि कुन ठाउँमा हुने त्यो भने उल्लेख गरिएको छैन । तर, केहीले भने उनीहरुको विवाह ईटलीको ‘लेक कोमो’ मा हुने बताएका छन् । त्यस्तै उनीहरुको विवाहमा ३० जनामात्र रहने पनि सम्भावना रहेको विभिन्न माध्यमले बताएको छ । 

पछिल्ला केही वर्ष देखि दिपिका र रणविर प्रेम सम्बन्धमा थिए । धेरै चोटि उनीहरुको विवाहको कुरा आएको भएपनि विगतका दिनहरुमा उनीहरुले केही पनि भनेका थिएनन । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १३:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया