पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोस्ट

कास्की– पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा–बाग्लुङ भूपि शेरचन राजमार्गमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरिएको छ । राजमार्गको जिरो किमीदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीन किलोमिटर सडकमा दिनहुँ हुने दुर्घटना न्यूनीकरण गर्न उक्त महानगरले राजमार्ग संगैको चिल्ड्रेन पार्कमा प्रहरी पोस्ट स्थापना गरेको हो । 

पोखराको अन्य क्षेत्रको तुलनामा सो सडक खण्डमा दुर्घटना बढेकाले त्यसलाई कम गर्न प्रहरी पोस्ट स्थापना गरिएको उक्त वडाका वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । दुई वर्षअघि सो सडक फराकिलो बनाएर चार लेनको बनाएपछि दुर्घटना पनि बढ्दै आएकाले स्थानीयवासी सधैँ त्रासमा बस्नुपरेको सोही स्थान निवासी मीनबहादुर जिसीले बताए । 

१४ लाख २५ हजार रुपैयाँको लागतमा निर्माण भएको तीन कोठाको उक्त पोस्टमा हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० ट्राफिक प्रहरीको दरबन्दी राखिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १४:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया