अहिले पनि नेका बलियो छ : महामन्त्री डा. कोइराला

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् । 

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको संंक्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए । पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै कोइरालाले पार्टीको पराजयकाे जिम्मा नेतृत्वले मात्र नभई सबैले लिनुपर्नेमा जोड दिए । 

सोही अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे । उनले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधानको पूर्ण कार्यान्वयनमा जोड दिए । 

नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली कांग्रेसले अहिलेदेखि नै जनता र कार्यकर्तामाझ जान सक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गरे । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १५:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया