क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

वासि‌‌ग्टन– क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्प ४.९ म्याग्निच्युडदेखि ६.८ सम्मका छन् । 

पहिलो ६.६ म्याग्निच्युडको भूकम्प स्थानीय समयअनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो । यो भूकम्पको केन्द्रबिन्दु अमेरिकी सियाटलबाट ३ सय ५५ किमि उत्तरपश्चिममा रहेको छ । 

दोस्रो ६.८ म्याग्निच्युडको भूकम्प एक घण्टापछि अर्थात् ११ बजेर १६ मिनेटमा क्यानेडाली सहर पोर्ट हार्डीभन्दा १ सय २२ माइल दक्षिणपश्चिममा गएको थियो । 

त्यसको ६ मिनेटपछि ६.५ म्याग्निच्युडको भूकम्प पोर्ट हार्डीबाट १ सय ३८ माइल दक्षिण–पश्चिममा गएको थियो । लगत्तै सोही स्थानमा केही कमजोर ४.९ म्याग्निच्युडको भूकम्प गएको पनि अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । 

भूकम्पबाट धनजनको क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन । साथै अधिकारीहरूले सुनामीको चेतावनी समेत जारी गरेका छैनन् । 

यो क्षेत्र उत्तरी भ्यान्कुभर द्वीपदेखि उत्तरी क्यालिफोर्नियासम्मको क्षेत्रमा फैलिएको विशाल फल्टलाइनमा पर्दछ । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १५:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया