दिल्लीको वायु गुणस्तरहीन

नयाँ दिल्ली– भारतको राजधानी सहर नयाँ दिल्लीको वायुको गुणस्तर कमजोर रहेको पाइएको छ । सोमबार दिल्लीका अधिकांश ठाउँको वायुको गुणस्तर २०० अंकभन्दा माथि रहेको छ । 

वायु गुणस्तर सूचक (एक्युआई) अनुसार दिल्लीको लोधिया सडक क्षेत्रमा सोमबार बिहान वायुको गुणस्तर पिएम २.५ र पिएम १० क्रमशः २ सय १९ र २ सय ३७ रहेको छ । 

वायुको गुणस्तर सूचक शून्यदेखि ५० सम्म रहेमा त्यसलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्तोषजनक, १०१ देखि २०० सम्म मध्यम, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० भएमा ज्यादै कमजोर तथा ४०१ देखि ५०० भएमा गम्भीर मानिन्छ । 

द्वारका वायुको गुणस्तर ३६१ र नाडेलाको ३०० रेकर्ड गरिएको थियो । 

छिमेकी राज्यहरू पन्जाब र हरियणामा नियमित रूपमा घाँस पराल बाल्ने गरेका कारण नयाँ दिल्ली र एनसीआरमा वायुको गुणस्तर खस्किएको हो । 

त्यस्ता वस्तु बाल्न निषेध गरिए पनि कृषकले अझै रोकेका छैनन् । किनभने उनीहरूसँग अन्य उपयुक्त विकल्प उपलब्ध छैन । उनीहरूले आफ्ना कारणले नभई उद्योगहरू र सवारी साधनका कारण नयाँ दिल्लीमा प्रदूषण बढेको जिकिर गर्दै आएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १७:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया