logo-img

कोडेभर-५ मा नेपाल पुरस्कृत

काठमाडौं- कोडेभर-५ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल पुरस्कृत भएको छ ।

मध्यपूर्वी राष्ट्र दुबइमा मे ४ र ५ मा भएको कोडेभर-५ अन्तर्राष्ट्रिय प्रतियोगिता (Codeavour 5.0 International Competition) मा एसिया प्यासिफिकका विद्यार्थीले प्रदर्शन गरेको खुला जमिनमा सिञ्चाइ प्रविधिको नमुनाले पुरस्कार प्राप्त गरेको हो । उक्त नमुना प्रविधिले 'अवार्ड अफ एक्सिलेन्स 2023-024' पुरस्कार जितेको हो ।

'कोडेभर- ५' मा नेपाल च्याम्पियन बनेर दुबइ पुगेका एसिया प्यासिफिकका विद्यार्थीहरुले आफ्नो योजना प्रस्तुत गरेका थिए । विद्यालय तहका छात्रछात्रालाई सूचना प्रविधि मैत्री बनाउँदै कलात्मक बौद्धिकतामा अगाडि लैजाने उद्देश्यका साथ सुरु भएको प्रतियोगितामा नेपालबाट अन्य सात विद्यालय पनि सहभागी भएका छन् । एसिया प्यासिफिकसँगै नेपालका तीन विद्यालय पुरस्कृत भएको एसिया प्यासिफिकका शिक्षा निर्देशक राजन अधिकारीले जनाएका छन् ।

प्रतियोगितामा नेपालसहित १९ देशका ८ सय विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा सहभागी उत्कृष्ट छात्रछात्रा विभिन्न विधामा पुरस्कृत भएका हुन् । सबै विधाका लागि पुरस्कारको कुल रकम ४५ हजार अमेरिकी डलर राखिएको थियो ।

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्