चक्रवर्ती हवि एजुकेसन एकेडेमी (कलेज अफ ल) ले कानुन,विश्वविद्यालय, समाज र कानुनी क्षेत्रबीचको अन्तर निर्भरता,अन्तरसम्बन्ध र कानुनका बृहत्तर आयामसँग केन्द्रित संवाद तथा कानुनी÷न्यायिक क्षेत्रमा योगदान दिएका पूर्व विद्यार्थी सम्मान कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
कानुन दिवसको अवसरमा बुधबार आयोजना गरिएको उक्त छलफल तथा सम्मान कार्यक्रमको सभापतित्व एकेडेमीका प्रिन्सिपल देवेन्द्र बहादुर भण्डारीले गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता तथा भ्रष्टाचार विरोधी अभियन्ता भरतमणि जंगम कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो ।
शिक्षकको तर्फबाट दिनदयाल रेग्मी र विद्यार्थीका तर्फबाट रञ्जन मिश्रले स्वागत मन्तव्यबाट प्रारम्भ गर्नुभएको उक्त कार्यक्रममा एकेडेमीका शिक्षक तथा सो कलेजमा अध्ययन गरी विश्वविद्यालय सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिनुको साथै मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा एकेडेमीका प्रिन्सिपल भण्डारीले लेख्नुभएको पुस्तक ‘दम्पती,सन्तति,सम्पत्ति र विपत्ति’ मायाको चिनोको रूपमा सम्मानित व्यक्तित्व तथा अतिथिहरूलाई प्रदान गरिएको थियो ।
एकेडेमीको तर्फबाट वक्ता विमला हुमागाईँले कलेज रुपान्तरणको आगामी कार्ययोजना प्रस्तुत गर्दै वार्षिक क्यालेण्डरलाई पूर्णत कार्यान्वयन गर्ने वाचा गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एकेडेमिक डाइरेक्टर रामकृष्ण पाठकले कलेजलाई नतिजामा नम्बर एक बनाउँदै अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा अब्बल हुने विद्यार्थीहरु उत्पादन गरिने भन्दै यसकालागि ब्यवस्थापन र शैक्षिक गुणस्तरमा आमूल परिवर्तन गराउने प्रण गर्नुभएको थियो । यसकालागि शिक्षक,विद्यार्थी र कर्मचारीबीच उचित समन्वय गरिने उहाँको भनाई थियो ।
कार्यक्रमको दोस्रो सत्रमा कानुनी पृष्ठभूमिका व्यक्तित्वहरू बाबुराम दाहाल,राममाया लामिछाने तथा निरा गिरी सहभागी हुनुहुन्थ्यो । सहजकर्ता गौरब भण्डारीको जिज्ञासा तथा उपस्थित विद्यार्थीको प्रश्नको जवाफ दिने क्रममा तीनै जना वक्ताहरूले कानुन दिवस तथा विद्यमान कानुनी व्यवस्था तथा छुट्टै कानुन विश्वविद्यालयको आवश्यकतामाथि चर्चा गर्नुभएको थियो कानुनी क्षेत्रमा आउन चाहने विद्यार्थीहरूलाई मार्ग निर्देशन दिँदै वक्ताहरूले आ–आफ्नो पेसागत अनुभव साझा गर्नुभएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0