logo-img

सामाजिक सञ्जाल र प्रभाव

अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यो व्यक्तिहरू र समुदायलाई साझा सहभागी बनाउने एउटा माध्यम पनि हो।  यसको उपयोग सामाजिक सम्बन्ध वाहेक उपयोगकर्ता सामग्रीलाई संशोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोबाइल र वेब आधारित प्रविधिको प्रयोगको रूपमा समेत हेर्न सकिन्छ। डेढ दशकयता सामाजिक सञ्जालहरुले हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव ल्याएका छन् ।

कतिपय अवस्थामा यो प्रभाव सकारात्मक पनि छन् र कतिपय अवस्थामा नकारात्मक पनि । ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोग र दुरुपयोग पनि अत्यधिक नै भइरहेको छ । यसले फाइदाको साथसाथै बेफाइदा पनि निम्त्याएको छ । ट्वीटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले आफूलाई मनमा लागेको भावना व्यक्त गर्ने ठाउँ दिएको छ । युट्युब र टिकटकजस्ता सञ्जालले आफ्नो प्रतिभा निखार्ने अवसर दिएको छ । पछिल्लो एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाज धेरै हदसम्म सु-सूचित र जानकार भइसकेको छ। सञ्चार क्षेत्रमा आम जनताको पहुँच जबर्जस्त स्थापित हुन पुग्नु पनि यसको सकारात्मक पक्ष नै हो।

इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामान्यतया सामाजिक सञ्जाल भनिन्छ। यो सूचना दिने अनलाइन प्रविधिको एकमुस्ट सामूहिक रुप पनि हो। हात-हातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले गर्दा जनसंख्याको ठूलो हिस्सा सूचना प्रणालीमा जोडिन सहज भएको हो र यसले सामाजिक सञ्जालमा समेत पहुँच राख्छ साथै यसको प्रयोगको दायरा व्यापक छ। अहिले सामाजिक सञ्जालको प्रयोगको सन्दर्भमा विभिन्न ढंगले बहसमा विषयहरु आइ पनि रहेका छन् र यसको प्रयोग र विकासले समाजका राजनैतिक, सामाजिक लगायत विभिन्न आयाम र पक्षहरुमा फेरबदल ल्याई पूराना मान्यताहरु भत्किएर नयाँ सोचको व्यापक फैलावट पनि भएको छ। हरेक पेसा र क्षेत्रका व्यक्तिले प्रयोग गर्न सकिने सरल र सहज प्रविधि भएकोले अहिले यो व्यक्तिको साथीजस्तै बनेको छ। यसलाई सूचना प्रविधिको क्षेत्रमा भएको एउटा क्रान्तिका रुपमा अर्थ्याउन पनि सकिन्छ। हामीले यहाँ सूचनाको प्राविधिक पक्षमा भन्दा यसका सामाजिक प्रभाव र असरहरुका क्षेत्रमा रहेर बढी चर्चा गर्नेछौं।

बितेको केही समयदेखि अहिलेसम्म नियाल्दा अनलाइन सञ्चारको प्रभाव बढी छ। तर यसमा भइरहेको विकाससँगै सूचनाको विश्वसनियता र तटस्थतामाथि पनि उत्तिकै प्रश्नहरु उठि नै रहेका छन्। सामाजिक सञ्जालको प्रभाव त अझै तीव्र देखिन्छ। यसको प्रयोगबाट समाजमा सकारात्मक परिणामका असल उदाहरण प्रस्तुत गर्ने काम पनि युवा पुस्ताले गरिरहेको देखिन्छ र यसको गलत उपयोगले निम्त्याएको परिणाम पनि समाजमा देखिइनै रहेको छ। सीमित अनलाइनलाई छोडेर अहिले बग्रेल्ती देखिने पोर्टलले सही सूचना प्रवाह गर्ने भन्दा पनि यसको गलत प्रसारले गर्दा सूचना प्रणाली नै बिगार्ने त होइनन् भनेर सोच्नु पर्ने असामान्य स्थिति पनि सतहमा देखिएको छ। विभिन्न राष्ट्रहरुमा उपयुक्त कानुनी उपायद्वारा यस्ता खाले झूठा प्रचार, गलत विज्ञापन र सूचना प्रवाहलाई उचित ढंगको नियन्त्रण र सही सूचना प्रणालीलाई नियमन र प्रोत्साहन गरिएको पाइन्छ।

सकारात्मक हिसाबले सोच्ने हो भने सामाजिक सञ्जाल गलत होइन तर दुरुपयोग गर्ने हो भने यसका वेफाइदा पनि छन जस्तैः– सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने,– अरु प्रति नकारात्मक टिकाटिप्णी सेयर गन,– सामाजलाइ हानी नोक्सानी गर्ने विषयबस्तु बढी शेयर गर्ने,– अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने,– नचिनेको व्यक्तिलाई जिस्क्याउने, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने,– समाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधन भन्दा मनोरन्जनको साधनको रुपमा प्रयोग गर्ने ,– गलत समाचार सम्प्रषण गर्ने । यी र यस्ता गलत अनि भ्रामक समाचार अफवाह फैलिएका कारणले पनि पछिल्लो समयमा समाजमा विभिन्न खालका घटनाहरु घटिरहेका छन ।

तसर्थ ,सामाजिक सञ्जालमार्फत घटिरहने यी र यस्ता गैरकानुनी गतिविधिमा सामेल हुनेलाई कठोर दण्डको व्यवस्था गर्नुपर्छ। कतिपय अवस्थामा अनलाइनमा पोष्ट गर्ने, नियोजित तरिकाले कसैलाई आछेप लगाउने, अनावश्यक भिडियो पोष्ट गर्ने अनावश्यक व्यक्तिहरुलाई भाइरल गराएर समाजमा नकारात्मक भ्रम पैदा गर्ने, फेसबुक तथा ट्विटरमा व्यक्तिको मर्यादामा आँच आउनेजस्ता सामग्री पोस्ट गरेर, टिप्पणी गरेर पनि व्यक्ति तथा संस्थाको इज्जतमा दाग लगाउने प्रवृत्ति बढिरहेको छ । यस्ता गतिविधिहरुलाइ तुरुन्त बन्द गर्नुपर्छ । जसरी हिजोआज सामाजिक सञ्जालमा हामीले देखिरहेका नकारात्मक गतिविधि छाडा प्रवृत्तिहरु यूटुवबरहरुले उठान गर्ने विषयवस्तुहरुमा पनि ध्यान दिनु जरुरी छ । नकारात्मक तवरले पोष्ट गरिने कुनै पनि समाचार होस वा भिडियो गलत प्रवृत्तिका भएको देखिएमा वा पाइएमा कडा कानुनी सजायको हकदारसमेत बन्नुपर्छ यसतर्फ राज्य, नेपाल पत्रकार महासंघ अनलाइन मिडिया तथा साइबर व्यूरो पनि गम्भीर बन्नु आवश्यक छ ।

 गौरव लम्साल

अर्किड विद्यालय भरतपुर , चितवन

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्