युवाहरुले शनिबार विहान शहिदगेट–सुन्धारा क्षेत्रको सडकपेटीमा सुतेर सरकारको विरोध गरेका छन् ।
कसैले शरीरभर बेसार दलेर त कसैले शरीरमा रातो रंग पोतेर सरकारको विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि बेसार पानी खान दिएको सल्लाहलाई व्यंग्य गर्दै युवाहरुले यो विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनु पर्ने आवाज उठाएका छन् ।
हेर्नुहोस्, आजको विरोध प्रदर्शनका १४ तस्वीरः