फोटो विशेष
बानेश्वरमा घरबाहिर निस्किनेलाई एक घन्टा प्रहरीको होल्डिङ सेन्टरमा
४ भदौ, २०७७

कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि एक साताका लागि आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेका छन् । यो एक साता पसल तथा कार्यालयहरुमा पनि विशेष स्वास्थ्य सतकर्ता अपनाउन भनिएको छ ।

यहीबीच विशेष कामविना बाहिर निस्किने व्यक्तिहरुलाई बानेश्वरमा प्रहरीले पक्राउ गर्दै होल्डिङ सेन्टरमा राखेको छ । विभिन्न चोकमा होल्डिङ सेन्टरहरु बनाइएको छ । त्यहाँ एक घन्टा राखेपछि प्रहरीले मानिसहरुलाई हिँड्न दिएको छ । 

निषेधाज्ञा लागु भएपछि काठमाडौंको बानेश्वर आसापासमा फरकधारले लिएका केही तस्वीरः

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्