फोटो विशेष
[फाेटाे कथा] सारस कथा
विकास बस्नेत
२२ मंसिर, २०७५

लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगर पक्षी घोषणा गरेको सारसका यी तस्वीर मैले लुम्बिनी क्षेत्रमा नै खिचेको हुँ । दुर्लभ पक्षीमा सूचीकृत सारसको मूल क्षेत्र लुम्बिनी नै हो ।

बौद्ध धर्मग्रन्थमा सिद्धार्थ गौतम र उनका मामाका छोरा देबदत्तबीच यही पक्षीलाई लिएर उत्पन्न विवादको प्रसंग छ । यसले पनि यो पंक्षीको यस प्राचिन वासस्थानको पुष्टि हुन्छ ।

सारसकाे राेचक पक्ष के भने याे पक्षीले जीवनभर एक मात्रै जोडा बनाउछ । कुनै कारणले एकको मृत्यु भएमा आजीवन एक्लै रहन्छ ।

दुईवटासम्म बच्चा कोरल्ने सारसले मुश्किलले एउटा हुर्काउन सक्छ ।

यहाँ मैले दुई जोडाको दुई परिवार फेला पारेको थिएँ । जसमा एक जोडाको दुबै बच्चा बयस्क भईसकेका छन भने एक जोडाले एउटा मात्रै हुर्काउन सकेको छ ।

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्