मकवानपुरको १ मा गठबन्धन, २ मा एमालेको अग्रता
अग्रतामा रहेका महालक्ष्मी उपाध्याय डीना र महेश बर्तौला

मंसिर ४ गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) को अग्रता कायम रहेको छ । 

कुल २ हजार १२७ मत गणना गर्दा डिनाले १ हजार १ सय ९२ मत पाएकी छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछ्याइरहेका छन् । थापाले ६ सय ३८ मत पाएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ६५ मत पाएका छन् ।

त्यस्तै, मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता रहेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको सुरुवाती अग्रता रहेको छ । हाल सम्म गणना भएको २३ सय ८५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाको ८ सय ४९ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् । 

गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका विरोध खतिवडाले ८ सय २६ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ४ सय ६९ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार राजन मैनालीले २७ प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १८:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया