यु–१८ डिभिजन ५ आइटिएफ टेनिस
जापानका जेनी र चीनकी लिउ च्याम्पियन

पोखरा– शनिबार सम्पन्न १८ वर्षमुनिको डिभिजन पाँच आइटिएफ टेनिस प्रतियोगिताको उपाधि जापानका जेनी इनोले जितेका छन् । 

पोखरा रंगशालामा भएको फाइनलमा हङकङका केल लोक इन ताङलाई ६–३, ६–० को सोझो सेटमा हराउँदै जेनीले उपाधि हात पारेका हुन् । जितसँगै उनले आइटिएफको ३० अंक प्राप्त गरेका छन् । दोस्रो स्थानमा चित्त बुझाएका इन ताङले १८ अंक पाए । 

प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको उपाधि चीनकी ले यी लिउले जितिन् । फाइनल खेलमा बुल्गेरियाकी भिक्टोरिया भेलेभालाई ६–३, ६–१ को सेटमा हराउँदै लिउ च्याम्पियन भएकी हुन् । उनले पनि आइटिएफको ३० अंक पाइन् भने दोस्रो भएकी भिक्टोरियाले १८ अंकमा चित्त बुझाइन् । 

पुरुष डबल्सतर्फ भारतका उदयवीर सिंह र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडी प्रथम भयो । यो जोेडीले फाइनलमा जर्मनीका पाउल अर्मिन अल्ब्रेच्ट र अमेरिकाका हानु पटेलको जोडीलाई ६–२, ७–५ को सेटमा पराजित गर्यो । महिला डबल्सतर्फ चीनका ली यु लियु र इतोङ झाङको जोडी चीनकै किंगलिन झाङ र जिछुअन जेङको जोडीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै प्रथम भयो । 

डबल्सतर्फ प्रथम हुनेले आइटिएफको २५ अंक प्राप्त गरे भने दोस्रो हुनेले १३ अंक पाए । विजयी खेलाडीलाई स्थानीय संयोजनकर्ता कास्की जिल्ला टेनिस संघले मेडलसहित पुरस्कृत गर्यो । संघका अध्यक्ष दोर्जे लामा, अग्रज पत्रकार नारायण कार्की, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल, कास्की जिल्ला टेनिस अभिभावक संघका पदाधिकारी लगायतले खेलाडीलाई पुरस्कार वितरण गरे ।  –रासस





  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार २१:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया