हेटौंडा मतगणना स्थलमा इन्द्रबहादुर बनियाँ विरुद्ध नाराबाजी

मकवानपुरको मतगणना भइरहेको स्थान हेटौंडा २ सिद्धार्थ माविमा मकवानपुर २ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी प्रवेश गरेसँगै नाराबाजी सुरु भएको छ ।

सोमबार राति करिब ९ बजे बिना चेकिङ बानियाँको बागमती बी ए बी ११११ नम्बरको गाडी मतगणना स्थलमा बिना रोकावट, बिना चेक जाँच प्रशासनले प्रवेश गराएसँगै उपस्थित स्थानीय सर्वसाधारणले विरोध गरेका हुन् ।

मतगणना स्थलमा पत्रकार, उम्मेदवार लगायतलाई मापसे चेक गरेर मात्र प्रवेश दिइएको छ । तर बानियाँको गाडी चालकलाई भने निर्बाध प्रवेश दिइएको हो । मतदान स्थलमा यति बेला प्रहरी नै बानियाँको दास बनेको भन्दै नाराबाजी भइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार २२:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया