भर्खरै: पश्चिम बंगालमा ममताकाे पार्टी तृणमुल काङ्ग्रेसका विधायककाे गाेली हानी हत्या

एजेन्सी- पश्चिम बंगालमा तृणमूल कांग्रेस (टिएमसी) का विधायक सत्यजीत बिस्वासकाे गाेली हानी हत्या गरिएकाे छ । 

 

भारतीय सन्चारमाध्यमका अनुसार सत्यजीत बिस्वास मजधियामा आयोजित सरस्वती पूजाकाे एक कार्यक्रममा सहभागि हुन गएका थिए ।

उनी मन्चबाट तल झर्दै गर्दा अज्ञात व्यक्तिले उनीमाथि गाेली चलाएका थिए । त्यहाँ त्यतिबेला सयभन्दा धेरै मानिस भएकाे प्रहरीले भारतीय सन्चारमाध्यमलाई जनाएकाे छ । 

 

यसबीच टिएमसीले याे हमलाकाे आराेप भारतीय जनता पार्टीमाथि लगाएकाे छ । टिएमसीका महासचिव पार्थाे चटर्जीले भाजपामाथि आराेप लगाउँदै उसले जवाफ तत्काल दिनु पर्ने बताएका छन् । 



अर्काे तिर भाजपाले याे घटना टिएमसी भित्रकाे खिचातानी र झगडाका कारण भएकाे बताएकाे छ । भाजपा प्रवक्ता सयंतन बासुले टिएमसीमा भएका गुटका कारण याे आक्रमण भएकाे बताएका हुन् । 



  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार २३:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया