सूर्य चिन्ह लिएर उम्मेदवार बनेका कमल थापालाई मतान्तर पुर्नै सकस !

यसपटक संसद छिर्ने मनासयले जित सुनिश्चित गर्न नेकपा एमालेको सूर्य चिन्हबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रारम्भिक मतगणना देखि नै दोस्रो स्थानमा छन् ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का लागि नेकपा एमालेको सूर्य चिन्ह रोजेर निर्वाचनमा होमिएका थापालाई मतान्तरको ग्याप पुर्न नै चुनौती देखिएको छ ।

मतगणनाको सुरुवात देखि नै अग्रतामा रहँदै आएकी गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) सँगको फराकिलो मतान्तर पुर्न थापालाई सकसपूर्ण देखिन्छ । 

आफ्नो पार्टीको जनमत न्यून रहे पनि नेकपा एमाले जिल्लाकै ठूलो दल भएको कारण सजिलै जित्छु भन्ने अभिव्यक्ति दिँदै आएका थापाले मकवानपुर १ मा कतै पराजित हुन पर्ने त होइन भन्ने बिषयमा चर्चा चुलिन थालेको छ । 

पछिल्लो मतगणना अनुसार हालसम्म गणना गरिएका ५ हजार ३० मतमा मकवानपुर १ मा गठबन्धनकी (डीना) ले रुख चिन्हमा सबैभन्दा धेरै २ हजार ४ सय ७७ मत प्राप्त गरेकी छिन् । त्यस्तै प्रारम्भिक मतगणना देखि नै दोस्रो स्थानमा रहेका थापाको सूर्य मा १ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । पहिलो स्थानमा रहेकी डीनासँगको मतान्तरको ग्याप पुर्न ८ सय ३४ मतको आवश्यक पर्ने हुन्छ ।

याे उनका लागि ठूलाे चुनाैति हाे ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार २३:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया