सुर्खेतको सिम्तामा पुनः मतदान जारी
फाइल तस्बिर

गत आइतबार स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान जारी रहेको छ । 

सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।

सामान्य त्रुटीका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान आइतबार रद्द गरिएको थियो ।

स्थगित मतदान केन्द्रको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । अहिलेसम्म २ सय ५० मत खसेको मतदान अधिकृत पौडेलले बताए । उनका अनुसार उक्त मतदानस्थलका तीन मतदान केन्द्र गरी २ हजार ९ सय २६ मतदाता संख्या रहेको छ ।   





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ९:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया