कैलाली–१, २, ३ मा रेशमको पार्टी अगाडि, ४ मा एमालेको अग्रता

कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

५ निर्वाचन क्षेत्र रहेको कैलालीमा मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले ४ हजार पाँच सय ७८ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले ३ हजारसहित पछ्याइरहेका छन् ।

क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चार सय ८८ मतसहित अगाडि छन् । उनलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ ।  जारी मतगणनामा सो पार्टीका प्रत्यासी गङ्गाराम चौधरीले १६ हजार ६९३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १२ हजार ६९८ मतसहित पछ्याइरहेका छन् ।  

निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाएका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले झिनो मतले उछिनिरहेका छन् ।

कांग्रेसका बलायरले ५ हजार १ सय मत पाउँदा भट्टले ५ हजार २ सय ७७ मत मत पाएका छन् ।  निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) को मतगणना अझै सुरु हुन सकेको छैन ।



कैलाली–५ मा नेपाली काँग्रेसबाट डिल्लीराज पन्त, नेकपा एमालेबाट नारदमुनि राना र स्वतन्त्रबाट पुष्करनाथ ओझाबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।



  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ९:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया