रूपन्देही–१, ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता

रूपन्देहीमा नेकपा (एमाले) ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा अग्रता लिएका छन् । 

पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा क्षेत्र नं. १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् । क्षेत्र नं १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा १ हजार ७ सय ३८ मतका साथ अगाडि छन् ।

नागरिक उन्मुक्तिका लालवीर चौधरीले १ हजार ५ सय ९७ मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल १ हजार ४ सय चार मत ल्याएर तेस्रो स्थानमा छन् ।

रूपन्देही–२ मा सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार २ हजार २ सय ४४ मतका साथ उनले अग्रता लिएका छन् । १ हजार ९ सय ४४ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याइरहेका छन् ।  

तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका जनमुक्तिका केशव थापाले १ हजार चार सय ६१ मत ल्याएका छन् । क्षेत्र नं ३ मा १ हजार ९ सय ४१ मतका साथ सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले अग्रता लिएका छन् । 

दोस्रो स्थानमा राप्रपाका दीपक बोहोरा छन् । उनले १ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् ।



क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले निरन्तर अग्रता लिएका छन् । उनले ३ हजार ९ सय ९४ मतका साथ अग्रता लिएका हुन् । कांग्रेसका प्रमोद यादवले २ हजार ७ सय ६१ मत ल्याएर दोस्रो स्थानमा छन् ।  जनमतका भोपेन्द्र यादवले २ हजार १ सय १४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

क्षेत्र नं ५ मा नेकपा एमालेका वासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले ५ हजार ७० मत प्राप्त गर्दा कांग्रेसका भरतकुमार शाहले ४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् । 
 



  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १०:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया