शेखर कोइराला र लालबाबु पण्डितबीचको मतान्तर १४५

मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १ हजार ७ सय ७७ मतका साथ अग्रता कायमै राखेका छ् ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ४ हजार ६ सय ९६ मतगणनामा गर्दा  नेकपा (एमाले) का लालबाबु पण्डितले १ हजार ६ सय ३२ मत ल्याएका छन् । उनी र कोइरालाबीचको मतान्तर १४५ रहेको छ । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ५ सय १३ प्राप्त गरेका छन् । यसैगरी क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले १ हजार ९ सय ४६, नेकपा (माओवादी केन्द्र) का जीवन आचार्यले १ हजार ४ सय १२ र राप्रपाका हीरा भट्टराईले ८ सय ५७ मत ल्याएका छन् ।  





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १०:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया