प्रकाशमान सिंहले प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्ने

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चौथौं पटक सांसदमा निर्वाचित सिंहले जितपछि मतदाताको विश्वास गुम्न नदिने पनि बताएका छन् । 

उनले मतदाताको भनाइ र मागहरुलाई सम्बोधन गर्ने पनि दृढता व्यक्त गरेका छन् ।

‘मलाई चौैथो पटक काठमाडौं १ बाट विजयी गराउनु भयो । त्यो विश्वासलाई विगतमा जस्तो विश्वासमा अलिकति पनि आँच आउन दिने छैन । मतदाताको भनाइ, मागहरुलाई सम्बोधन गर्नेछु । यसपटक म आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काम गर्नेछु । खानेपानीको समस्या समाधान गर्नेछु, मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन छिटो गर्ने काममा प्राथमिकता दिनेछु । काठमाडौंका नदीहरु वागमती, विष्ण्ुामती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाउन सोचिसकेका छौँ । वागमती, विष्णुमती पहिलाजस्तै बनाउनेछौँ । प्रदूषण नियन्त्रणका लागि काम गर्नेछौँ ।’ प्रकाशमान सिंहले भनेका छन् ।

नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताएका छन् । आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै उनले देशभरबाट जितेर आएका काँग्रेस नेताहरुसँग सल्लाह लिएर अघि बढ्ने बताएका छन् ।

‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली काँग्रेसको संसदीय दलको नेताको लागि प्रतिष्पर्धा गरेकै हो । देशभरबाट काँग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ,’ प्र्रकाशमान सिंहले भनेका छन्, ‘संसदीय दलको नेताको लागि छान्न प्रसेस जान्छ । विधि र प्रसेसमा गइसकेपछि सबै साथीहरुसँग सल्लाह गरेर गर्नेकुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’



सत्ता गठबन्धनबाट साझा उम्मेदवार सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका हुन् । सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्दी मिश्रले ७ हजार १८ मत मात्रै ल्याए ।



  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १०:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया