लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने पूर्वलडाकु पक्राउ

नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्जसमेत रहेका लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ परेका छन् ।

मंगरबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै पुगेर धम्की दिएको आरोपमा स्थानका शेरबहादुर लामा र दीपेन्द्र विक पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टका अनुसार पक्राउ परेका दुवैजना पूर्वलडाकु हुन् । आफू घरमा नरहेको अवस्थााम अत्तरियास्थित नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भट्टले बताएका थिए । 

उनकाअनुसार आधा दर्जन बढी युवाहरू घरमा पसेका हुन् । उनीहरूले घरभित्र पसेर कहाँ छ (पूर्वमन्त्री?) भन्दै घरमा रहेका आफ्ना परिवारका सदस्यलाई दुर्व्यवहार गरेका भट्टले बताए ।

लेखराज नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत छन् । यहाँ उनले अहिलेसम्मको मतगणनामा अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका वीरबहादुर बलायरले पछ्याइरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १३:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया