सप्तरी–२ (ख) मा जनमतका सिंह निर्वाचित,  (क) मा औपचारिकता बाँकी

जनमत पार्टीले प्रदेश सभातर्फ मधेस प्रदेशमा खाता खोलेको छ । सप्तरीको निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा जनमतका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, ‘क’ मा सतिशकुमार सिंह मत गन्न बाँकी रहेको भन्दा बढीको अन्तर बनाएका छन् । 

महेश १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत ल्याएका छन् ।

यस्तै, सप्तरी–२ को ‘क’ मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए । हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा सतिश ७ हजार ५७३ मतको अग्रता लिएका छन् ।

यहाँ जनमतका सतिशले १४ हजार ३२२ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका शैलेन्द्रप्रसाद साह ६ हजार ७४९ मतसहित दोस्रो स्थानमा रहेका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १३:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया