धनुषा–३ मा अनिलभन्दा एमालेकी जुली ११२९ मतले अगाडि

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । ११ हजार ३७३ मतको गणना सम्पन्न हुँदासम्म नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले ४ हजार ९९५ मत ल्याएकी छन् ।

यस्तै, पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३ हजार ८६६ मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् । पहिलोपटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले १ हजार ५०३ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ धनुषा–३ मा अहिलेसम्म ६१७ मत बदर भएको छ । यस्तै, प्रदेशसभातर्फ धनुषा–३ को (क) मा ११ हजार ३४७ मतको गणना सम्पन्न हुँदासम्म नेपाली कांग्रेसका रामसरोज यादवले २ हजार २१४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । 

रामसरोजलाई जनमत पार्टीका उम्मेदवार डा. प्रसन्नकुमार झाले ३ हजार १४ मत ल्याई पछयाइरहेका छन् । त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार जितेन्द्र कुमार यादवले २ हजार ४१४ मत प्राप्त गरेका छन् । 

प्रदेशसभातर्फ धनुषा–३ (क) मा अहिलेसम्म ४४५ मत बदर भएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १३:१३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया