धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ को पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्कीले अग्रता कायमै राखेका छन् ।
कार्कीले २ हजार ५७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादवले १ हजार ५८३ मत ल्याएका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरी १ हजार ५१५ मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १ हजार २६६ मत मात्र पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।