मधेस प्रदेशको प्रदेशसभातर्फ नेपाली कांग्रेसले पहिलो जित निकालेको छ ।
पर्साको निर्वाचन क्षेत्र नं. २ को ‘क’मा नेपाली कांग्रेसका श्यामप्रसाद पटेल १३ हजार ७८४ मत ल्याएर निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टीका रामनरेश प्रसाद यादव १२ हजार १२७ मतसहित उनका निकटतम प्रतिद्वन्दी बनेका हुन् ।
यसअघि सप्तरीमा जनमत पार्टीले दुईवटा सिटमा जित निकालिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।