काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई भारी मतले पछि पारेका छन् ।
कुल खसेको ४५९८७ मतमध्ये ३५४८८ मत गणना हुँदा पौडेलले ११६०० मत पाएका छन् । एमालेका ईश्वर पोख्रेल ७९८१ मतका साथ दोस्रो स्थानमा छन् ।
पौडेल र पोख्रेलको मतान्तर ३६१९ छ । सो क्षेत्रमा अझै १०४९९ मत गन्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।