logo-img

धनुषाका तीन क्षेत्रमा एमाले र एकमा जसपाको सुरुवाती अग्रता

धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ बहेक अन्य तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवारहरुले सुरुवाती अग्रता बढाएका छन् । धनुषामा पछिल्लो मतपरिणामअनुसार पाँचदलीय गठबन्धनका उम्मेदवार भने पछाडि परेका छन् ।

धनुषाको क्षेत्र नम्बर–१ को पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्कीले अग्रता कायमै राखेका छन् । कार्कीले २ हजार ३७६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरीले २ हजार ४५ मत ल्याएका छन् ।



त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादव १ हजार ७०५ मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १ हजार ३२६ मत पाएका छन् ।

धनुषा–२ मा भने पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले अग्रता कायम राखेका छन् ।
अरगरियाले ४ हजार ८०२ मत प्राप्त गर्दा पाँचदलीय गठबन्धनको साथ पाएका नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले ३ हजार ७९० मत ल्याएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार गंगाराम यादव २ हजार ९६४ मत ल्याएर तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झाले २ हजार १३९ मत मात्र पाउन सकेका छन् ।

त्यस्तै, जनमत पार्टीका उम्मेदवार जयनारायण साहले २ हजार १२९ मत ल्याएका छन् । धनुषा–३ मा पनि नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले ६ हजार ९६४ मत ल्याएकी छन् ।



पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ५ हजार ९६ मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् । पहिलोपटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले २ हजार १२६ मत प्राप्त गरेका छन् ।

धनुषा–४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठले ७३६ मतसहित सुरुवाती अग्रता बढाएका छन् भने पाँचदलीय गठबन्धनको साथ पाएका नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव ५५६ मतसहित दोस्रो स्थानमा छन् ।



त्यस्तै, स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले ९४ र जसपाका महाजन यादवले ६६ मत पाएका छन् । धनुषाका यी चारवटै क्षेत्रमा अहिले नै कसको जित हुन्छ भन्ने अवस्थाको अझै अनुमान गर्न सकिँदैन । हालसम्म यी क्षेत्रहरूमा १० देखि १५ हजारसम्म मात्र मतगणना भएको निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया