कर्णालीमा गठबन्धन दलको अग्रता

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको हालसम्मको मतगणनामा गठवन्धन दलका उम्मेद्वारले अग्रता लिइरहेका छन् । प्रतिनिधिसभातर्फ दैलेख–२ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही अगाडि छन् । यसैगरी सुर्खेत–२ मा कांग्रेसका नेता हृदयराम थानीले अग्रता लिइरहेका छन् । 

यसैगरी, कालिकोट–१ मा महेन्द्रबहादुर शाही, जाजरकोट–१ मा शक्तिबहादुर बस्नेत र रुकुम पश्चिम–१ मा जनार्दन शर्माले अग्रता लिइरहेका छन् । यी तीनै नेता गठबन्धन दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेद्वार हुन् ।

सल्यान प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले अग्रता लिएका छन् । जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अग्रता लिइरहेका छन् ।
प्रदेशसभातर्फ सल्यानमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेश अधिकारी, जाजरकोटमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका शेदराव सिंह र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तर्फ राजीवविक्रम शाह, दैलेखमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका पूर्णबहादुर खत्री अगाडि छन् । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तर्फबाट सल्यान प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा भीमप्रकाश शर्मा, कालिकोट प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा दुर्वबहादुर रावत, रुकुम पश्चिम प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २१ मा महेन्द्र केसी र रुकुम पश्चिम प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २  मा राजकुमार शर्मा अगाडि छन् ।

हालसम्मको मतगणना अनुसार कर्णाली प्रदेशसभा तर्फको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत माओवादी केन्द्रले सात सय ९२ मत ल्याएको छ । यसैगरी, नेकपा एमालेले तीन सय ४४, नेपाली कांग्रेसले दुई सय ४६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया