सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला दोब्बर मतले अगाडि

सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि देखिएका छन् । 

कांग्रेस, माओवादी र समाजवादीको साझा उम्मेदवार ज्वालाले मंगलबार बेलुकी ६ बजेसम्म १४ हजार ६७५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ७ हजार १६८ मत ल्याएका छन् ।

एमालेका उम्मेदवार राजेन्द्रवीर रायले ४ हजार २१ मत ल्याएका छन् । मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार जिल्लाको १० स्थानीय तह मध्ये कुमाख, कालिमाटी, दार्मा र कपुरकोट गाउँपालिकाको मतगणना सम्पन्न भैसकेको छ । 

अहिलेसम्म ३० हजार बढी मत गणना भइसकेको छ । सल्यानमा एउटा मात्र प्रतिनिधिसभा क्षेत्र छ । 
 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:५०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया