\
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले जित निकालेको छ । नेकपा एमालेका अम्बरबहादुर रायमाझीले त्यहाँ नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका जगन्नाथ खतिवडालाई हराएका हुन् ।
यसअघि प्रदेश १ मा नेकपा एमालेले अर्को एक सिट जितिसकेको छ ।
रायमाझीले खतिवडालाई २ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
रायमाझीले १५ हजार २५१ मत ल्याउँदा त्यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका एकीकृत समाजवादीका खतिवडाले १२ हजार ८ सय ९३ मत मात्र ल्याए ।
त्यहाँ स्वतन्त्र उम्मेदवार रामकुमार राईले पनि १० हजार ३७९ मत ल्याए । रामकुमार राईले नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका थिए । उनले मत काट्दा रायमाझीको जित सहज भएको मानिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।