काठमाडौं ५ मा प्रदीप पौडेल भारी मतान्तरका साथ विजयी
फरकधार / ६ मंसिर, २०७९

काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल भारी मतान्तरका साथ विजयी भएका छन् । 



पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पाँच हजारभन्दा बढी मतले पराजित गरेका हुन् । 

पौडेलले १५२३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले १०१७२ मत प्राप्त गरेका छन् । उनीहरुबीच्को मतान्तर ५०६५ रहेको छ । 



पौडेल पहिलोपटक सांसद बनेका हुन् । यसअघि उनी २०७४को प्रदेशसभामा झिनो मतान्तरका साथ पराजित भएका थिए । 



  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २१:२२:१३,   अन्तिम अपडेट : मंसिर ६, २०७९ मंगलबार २१:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया