नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल विजयी भएका छन् ।
उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै पौडेल सांसद निर्वाचित भएका हुन् ।
प्रदीप पौडेलले यो क्षेत्रमा १५ हजार २३७ मत ल्याउँदा एमालेका पोखरेलले १०१७२ मत मात्र ल्याए । यो मतान्तर ५ हजार ६५ रहेको छ ।
यो क्षेत्रबाट यसअघिको निर्वाचनमा ईश्वर पोखरेल निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसमा इमान्दार, प्रष्ट वक्ता तथा भिजन भएका युवा नेतामा चिनिन्छन्, प्रदीप पौडेल । उनले काठमाडौं ५ बाट उम्मेदवारी दिएपछि आफूले नेपाली राजनीति र काठमाडौंको फोहोर दुवै सफा गर्ने प्रतिबद्धता जनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।