प्राविधिक शिक्षालयको भवन निर्माण शुरु

दाङ– दाङ तुलसीपुर–११ मा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान भवन निर्माण शुरु भएको छ । दाङ क्षेत्र नं ३ को पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको रु ५० लाख बजेटमा उक्त भवन निर्माण हुनलागेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकबहादर केसीले बताए ।   
  
उनका अनुसार १२ कोठाको दुईतले भवण निर्माण हुनेछ । यस वर्षदेखि पशु विज्ञानको मान्यता पाएको उक्त विद्यालयको भवन निर्माणकार्य पूरा भएसँगै कक्षा सञ्चालनमा आउने प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले बताए ।   

विद्यालय भवनको शिलान्यास प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गरेका हुन् । त्यस अवसरमा सांसद केसीले आफ्नो निर्वाचन क्षेत्रका तीन विद्यालयलाई प्राविधिक शिक्षालयका लागि सहयोग गरेको बताए ।  





  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार ८:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया