बलायर र भट्टबीच कडा प्रतिस्पर्धा, भट्टलाई पछि पार्दै बलायर अगाडि उक्लिए

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर नेकपा एमालेका लेखराज भट्टबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  

प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका लेखराज भट्टको वडामा पछाडि परेका कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई अगाडि उक्लिएका छन् ।
 
क्षेत्र नम्बर ४ को गौरीगंगाा नगरपालिकाको दुई वडामा ४ हजार ४७२ मत गणना गर्दा बलायरले १ हजार ७६४ मत पाएका छन् भने भट्टले १ हजार ५३४ मत पाएका हुन् । 

सुरुवाती मतगणनामा अगाडि रहेका बलायरले लेखराजको गृहपालिका गोदावरीमामा मतगणना गर्दा पछाडि परेका थिए ।

गौरीगंगाका २ वडा सँगै हालसम्म कैलाली क्षेत्र नम्बर ४ अन्तर्गतका १२ वडाको मतगणना सकिएको छ । जसमा लेखराज भट्टले ९ हजार ६१ मत ल्याएका छन् भने बलायरले ८ हजार ६०७ मत ल्याएका छन् । दुवैबीचको मतान्तर ४५४ रहेको छ । 

यसअघि १० वडामा मतगणना गर्दा भट्ट र बलायरबीचको मतान्तर ६८४ रहेको थियो ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २२:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया