मकवानपुर २ मा एमालेका बर्तौलाको अग्रता कायमै

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायम रहेको छ । 

हालसम्म गणना गरिएको २३ हजार ३ सय ४८ मतमा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले ९ हजार २ सय ५४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ८ हजार ५ सय २६ मत प्राप्त गरेका छन् । 

खतिवडा र बर्तौलाको ७ सय २८ मतान्तरको फरक रहेको छ । मतगणनाको सुरुवात देखि नै  बर्तौला र खतिवडा अघि पछि भइरहेका छन् । मतगणना जारी नै रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २२:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया