प्राध्यापक सङ्गठनद्वारा १४ बुँदे शैक्षिक घोषणापत्र सार्वजनिक

नवलपरासी– नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले चौथो राष्ट्रिय सम्मेलनमार्फत शैक्षिक विषयवस्तुमा केन्द्रीय विविध १४ बुँदे शैक्षिक घोषणापत्र सार्वजनिक गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनको निर्णय शनिबार पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।  

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा.मोहन खतिवडाले सम्मेलनले विश्वविद्यालयमा सुधारका लागि विभिन्न माग राखेको जानकारी दिए । घोषणापत्रमा विश्वविद्यालयमा हुने भागबण्डा बन्द हुनुपर्ने, विश्वविद्यालयका परीक्षा तथा सेवा आयोगको परीक्षा मर्यादित र व्यवस्थित हुनुपर्ने माग उल्लेख गरिएको छ । 

यसैगरी घोषणापत्रमा विश्वविद्यालयले सम्बन्धन दिने प्रक्रिया तत्काल परिमार्जन गरिनुपर्ने साथै प्रादेशिक विश्वविद्यालय विशुद्ध प्राविधिक तथा व्यावसायिक मात्र हुनुपर्ने उल्लेख छ । 

सम्मेलनले डा.खतिवडाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, महासचिवमा हिमलाल पराजुली, सचिवमा खोपीराम वली र कोषाध्यक्षमा भीमबहादुर भण्डारीछन् । 

यसैगरी सदस्यमा कृष्ण घिमिरे, धर्म थापा, डा.तीर्थ श्रेष्ठ, हरिचन्द्र कमली, प्रेमसिंह भाट, कुम्भराज बडुवाल, भुवन मल्ल, वंशीधर आचार्य, सूर्यप्रसाद भट्टराई, गणेश राना, शेरचन्द्र गिरी, हेमराज पौडेल, सुशील भट्टराई, सागर अधिकारी र डा.शिवशङ्कर बस्याल  रहेका छन् । 





  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार ९:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया