प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले खोल्यो खाता, काठमाडौं ८ बाट विराजभक्त निर्वाचित

यसपटकको प्रतिनिधि सभामा अर्को नयाँ दल देखिने निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्र नम्बर ८ का स्वतन्त्र उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित भएसँगै यो निश्चित भएको हो ।

१०१०५ मत ल्याएर विराजभक्तले प्रतिनिधि सभा सदस्यमा आफ्नो सिट सुरक्षित गरेका छन् ।

उनीसँग प्रतिस्पर्धामा रहेका हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५८८९ मत ल्याए ।

सत्ता गठबन्धनबाट यो क्षेत्रमा उम्मेदवार बनेका थिए, नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ । त्यहाँको अन्तिम मत परिणामअनुसार श्रेष्ठले ४८७७ मत मात्र ल्याउन सके ।

२०७४ सालमा जीवनरामले यो क्षेत्रमा जित निकालेका थिए । पार्टी विभाजन भएपछि उनले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका थिए ।
 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ५:४६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया