प्रतिनिधि सभामा घण्टीको दोस्रो जित, काठमाडौं २ बाट सोविता निर्वाचित
फरकधार / ७ मंसिर, २०७९

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो सिट पनि सुरक्षित गरेको छ ।



काठमाडौं क्षेत्र नम्बर २ बाट सोविता गौतमले जित निकालेसँगै रास्वपाको प्रतिनिधि सभामा दुई सदस्यको सिट सुरक्षित भइसकेको हो । यसअघि काठमाडौं क्षेत्र नम्बर ८ बाट यही पार्टीका विराजभक्त श्रेष्ठ पनि निर्वाचित भइसकेका छन् ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार गौतमले ३५ सयभन्दा बढी मतले यहाँ जित निकालेकी हुन् ।



उनले १५२२९ मत ल्याउँदा नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत पाए । यही क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीमगर चौथो नम्बरमा रहिन् । उनले ९४४८ मत ल्याएकी छिन् ।



राप्रपाकी कुन्तिदेवी पोखरेलले यो क्षेत्रमा ११४१४ मत ल्याइन् ।

निर्वाचित सोविता २७ वर्षकी हुन् । यस पटकको प्रतिनिधि सभामा सम्भवतः उनी सबैभन्दा कान्छो सदस्य हुनेछिन् । यसअघि मुस्ताङबाट नेपाली कांग्रेसका २९ वर्षका योगेश थकाली पनि प्रतिनिधि सभामा निर्वाचित भइसकेका छन् ।

  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ६:१:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया