प्रतिनिधि सभामा नेकपा एसको पहिलो जित, अछाम १ मा शेरबहादुर निर्वाचित

प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीले पहिलो जित हात पारेको छ । 

यो पार्टीका अछाम निर्वाचन क्षेत्र नम्बर १ का शेरबहादुर कुँवर नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई हराउँदै निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले दिएको अन्तिम मत परिणामअनुसार कुँवरले १९५३४ मत ल्याएर जित निकालेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झपट बहादुर बोहराले १५०४५ मत ल्याए ।

यो क्षेत्रबाट पहिले नेकपा एमालेका भीम रावललाई उम्मेदवारी दिन टिकटको अपेक्षा गरेका थिए । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रावललाई यो क्षेत्रबाट टिकट दिएनन् ।

यो निर्वाचनमा टिकट नपाएकै कारण रुपन्देहीका घनश्याम भुसालले नेकपा एमाले परित्यागको घोषणा गरे । रावलले पनि नेकपा एमाले परित्याग गर्लान् भन्ने धेरैको कल्पना थियो । तर, उनले आफू पार्टीमा नै रहने घोषणा एक पत्रकार सम्मेलन गर्दै जानकारी गराएका थिए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ६:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया