राप्रपाले पनि खोल्यो प्रतिनिधि सभामा खाता, बाँके २ बाट धवलशम्शेर निर्वाचित

प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि खाता खोलेको छ । 

प्रतिनिधि सभामा बाँके क्षेत्र नम्बर २ बाट धवल शमशेर राणा विजयी भएका हुन् । निर्वाचन आयोगले दिएको तथ्यांकअनुसार उनले जितका लागि २९ हजार ५७७ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत ल्याए । यो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए ।

राणा पहिले नेपालगन्जका मेयर थिए । त्यसैले उनी उक्त क्षेत्रमा निकै चर्चित थिए । यसअघिको निर्वाचनमा यो क्षेत्रबाट राईले जित हासिल गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ६:३७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया