नलिउडकी पहिलो अरबपति अभिनेत्री बनिन् जेनेविव नाजी

एजेन्सी– नाइजेरियाकी अभिनेत्री, निर्माता तथा निर्देशक जेनेविव नाजी नाइजेरियाको फिल्म उद्योगको पहिलो अरबपति अभिनेत्री बनेकी छन् ।

अमेरिकाको स्ट्रिमिङ कम्पनी नेटफि्लक्सले नाजीको ब्लकबस्टर फिल्म ‘लायन हर्ट’ लाई ३८ लाख डलरमा किनेको छ । यो मूल्य नाइजेरियन करेन्सीमा १.३८ अरब नायरा हुन्छ । 

जेनेविवको फिल्म लायन हर्ट पछिल्लो वर्ष टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रिमियरको क्रममा नेट फ्लिक्सका अधिकारीले हेरेका थिए । यो नेट फ्लिक्सले किनेको नाइजेरियाकाे पहिलो फिल्म हो । 

जेनेविव २० वर्षदेखि चलचित्रमा सक्रिय छन् । लायन हर्ट उनले निर्देशन गरेको पहिलो चलचित्र हो । याे फिल्मकाे कर्पोरेट जगतमा काम गर्ने महिलाको अवस्थालाई देखाइएको छ । यस फिल्ममा जेनेविवले ट्रान्सपोर्टेशन विजनेस कम्पनीको लजिस्टिक डाइरेक्टरको भूमिका निर्वाह गरेकी छन् । 

नेट फ्लिक्ससँगको सम्झौताले आफू निकै खुशी भएको उनले बताएकी छन् । नेटफ्लिक्सको माध्यमबाट आफ्नो चलचित्र विश्वभर पुग्ने भएकाले पनि  आफू यो सम्झौताप्रति खुशी भएको उनको भनाइ छ । 

जेनेविवले १९९८ देखि आफ्नो करिअर सुरु गरेकी थिइन् । उनले अभिनय गरेकोे पहिलो चलचित्र मोस्ट वान्टेड हो । अभिनयको सुरुवात उनले टिभी सिरियलबाट गरेकी थिइन् । 





  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार ९:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया