काठमाडौं १० बाट नेपाली कांग्रेसका राजेन्द्र केसी निर्वाचित
फरकधार / ७ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

प्रतिनिधि सभा सदस्यमा काठमाडौंको क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।



नेकपा एमालोक हिमेश केसीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । 



यो क्षेत्रमा सत्ता गठबन्धनले गठबन्धन गरेको थिएन । यहाँ नेकपा माओवादी केन्द्रबाट अन्जना विशंखे प्रतिस्पर्धामा उत्रिएकी थिइन् ।



केसीले यो क्षेत्रमा दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएपछि उनी चर्चामा आएका थिए ।







  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ६:५२:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया